भारतको सूर्य मिशन प्रक्षेपण, आदित्य-एल १ सूर्यतर्फ प्रस्थान

डिसी नेपाल
१६ भदौ २०८० १२:४८

काठमाडौं । भारतीय अन्तरिक्ष एजेन्सी इसरोले शनिबार बिहान भारतको पहिलो सौर्य मिसन आदित्य एल-१ प्रक्षेपण गरेको छ।

आदित्य-एल १ श्री हरिकोटा आन्ध्र प्रदेशको सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको छ र तीन चरण सफलतापूर्वक पूरा भएको छ।

यो यानले सूर्यसँग सम्बन्धित अध्ययन गर्नेछ । आदित्य-एल १ सूर्यको लागि भारतको पहिलो मिसन हो। धेरै देशहरूले पहिले नै सूर्य अध्ययन गर्न मिसनहरू पठाइसकेका छन्।

यो अन्तरिक्ष यान वास्तवमा सूर्यको नजिक जानेछैन।

आदित्य-एल१ ले पुग्नु पर्ने दूरी पृथ्वीबाट १५ लाख किलोमिटर छ। यो दूरी पृथ्वी र चन्द्रमा बीचको दूरीको चार गुणा हो, तर सूर्य र पृथ्वी बीचको दूरीको लगभग १ प्रतिशत मात्र हो।

पृथ्वीबाट सूर्यको दूरी १५१ मिलियन किलोमिटर छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *