सीसीआईले भिस्तारा एयरलाइनलाई एयर इन्डियासँग गाभ्ने स्वीकृति दियो
काठमाडौं । भारतीय प्रतिस्पर्धा आयोग (सीसीआई) ले शुक्रबार भिस्तारा एयरलाइन्सलाई एयर इन्डियासँग गाभ्न स्वीकृति दिएको छ।
सीसीआईले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलबाट ट्विट गर्दै यो जानकारी दिएको हो । सीसीआईले लेख्यो, “सीसीआईले टाटा एसआईए लिमिटेडलाई एयर इन्डियासँग गाभ्न स्वीकृति दिएको छ।”
टाटा एसआइए लिमिटेडले भिस्तारा एयरलाइन्स सञ्चालन गर्दछ। कम्पनी सिंगापुर एयरलाइन्स (४९ प्रतिशत) र टाटा सन्स (५१ प्रतिशत) बीचको संयुक्त लगानी हो।
यो मर्जर सन् २०२४ सम्ममा सम्पन्न हुने बताइएको छ । यो मर्जरपछि एयर इन्डिया यात्रु संख्याको हिसाबले इन्डिगोपछि देशको दोस्रो ठूलो आन्तरिक एयरलाइन बन्नेछ।
सीसीआईले आफ्नो ट्वीटमा एयर इन्डिया (एआईएल) मा सिंगापुर एयरलाइन्सको निश्चित (२५.१ प्रतिशत) सेयर लिन पनि स्वीकृति दिएको बताएको छ।
गत वर्ष नोभेम्बरमा यो मर्जरको घोषणा गर्दा यो सम्झौताको बदलामा सिंगापुर एयरलाइन्सलाई एयर इन्डियामा २५.१ प्रतिशत सेयर दिने भनिएको थियो ।
Facebook Comment