सिंगापुरका राष्ट्रपति बनेका भारतीय मूलका थर्मन शान्मुगरत्नम को हुन्?

डिसी नेपाल
१६ भदौ २०८० १२:५२

काठमाडौं । सिङ्गापुरमा शुक्रबार भएको राष्ट्रपति चुनावमा भारतीय मूलका अर्थशास्त्री थर्मन शान्मुगरत्नमले प्रचण्ड बहुमतका साथ विजयी भएका छन् ।

शान्मुगरत्नमले ७० प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन् । सन् २०११ पछि सिंगापुरमा भएको यो पहिलो राष्ट्रपतिको निर्वाचन थियो जसमा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा भएको थियो।

६६ वर्षीय शान्मुगरत्नम यसअघि पनि वरिष्ठ मन्त्री भइसकेका छन् । उनले कुल २४.८ लाख मतमध्ये १७४६४२७ (७०.४ प्रतिशत) मत प्राप्त गरे ।

चिनियाँ मूलका प्रतिद्वन्द्वी कोक साङ र तान किएन लियानले १५.७२ प्रतिशत र १३.८८ प्रतिशत मत पाएका छन् ।

निर्वाचनको नतिजा शुक्रबार राति नै सार्वजनिक भएको हो । थार्मन शान्मुगररत्नम सिंगापुरमा भारतीय मूलका तेस्रो राष्ट्रपति बनेका छन्।

थर्मन शान्मुगररत्नमको जन्म सिंगापुरमा भएको थियो। उनी प्रख्यात अर्थशास्त्री हुन् र धेरै विभागको मन्त्री भइसकेका छन् ।

सिंगापुरमा जन्मेका शान्मुगरत्नमका बुबा तमिल मूलका रोगविज्ञानी हुन् भने उनकी आमा चिनियाँ मूलकी हुन्। उनी अङ्ग्रेजी, तमिल, मलाय र मन्डारिन भाषा जान्छन्।

उनले लन्डन स्कूल अफ इकोनोमिक्सबाट स्नातक र क्याम्ब्रिज विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *