पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सिलिण्डर बोकेर प्रदर्शन

डिसी नेपाल
१६ भदौ २०८० १६:५९

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा राप्रपा निकट विद्यार्थीहरुले काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेका छन् ।

अस्वभाविक रुपमा भएको मूल्यवृद्धि फिर्ता हुनुपर्ने भन्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघले शनिबार काठमाडौंमा प्रदर्शन गरेको हो । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले दैनिक उपभोग्य बस्तुको पनि मूल्यवृद्धि हुने र त्यसको असर बिद्यार्थी लगाएत सर्वसाधारणमा पर्न जाने भएकाले मूल्यवृद्धि फिर्ता हुनुपर्ने उनीहरुको भनाइ छ ।

प्रदर्शनमा उत्रिएका बिद्यार्थीहरुले मूल्यवृद्धि फिर्ता गर, विद्यार्थीहरुलाई ग्यास सहुलियत गर लगाएतका प्लेकार्डका साथै खाली सिलिण्डर प्रदर्शन गरेका थिए ।

बिहीबार मात्रै नेपाल आयल निगमको सञ्चालक समिति बैठकले ग्यासको मूल्य पनि २३५ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ३ रुपैयाँले वृद्धि गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *