युक्रेनका रक्षामन्त्री बर्खास्त, जेलेन्स्कीले किन लिए यस्तो निर्णय ?

डिसी नेपाल
१८ भदौ २०८० १२:५९

काठमाडौं । युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभलाई उनको पदबाट बर्खास्त गरिएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो घोषणा गरेका हुन् ।

फेब्रुअरी २०२२ मा युक्रेनमा रुसले आक्रमण गर्नुअघि रेज्निकोभले मन्त्रालय सम्हालेका थिए। युक्रेनको राज्य सम्पत्ति कोषका प्रमुख रुस्तम उमरोभलाई नयाँ रक्षामन्त्री बनाइने भएको छ ।

जेलेन्स्कीले भने कि अब रक्षा मन्त्रालयमा ‘नयाँ दृष्टिकोण’ आवश्यक छ। युक्रेनी मिडियाको अनुमान अनुसार रेज्निकोभलाई बेलायतका लागि युक्रेनको राजदूत बनाउन सकिन्छ ।

रेज्निकोभले हालै वरिष्ठ बेलायती मन्त्रीहरूसँग राम्रो सम्बन्ध विकास गरेका थिए। युक्रेनी युद्ध पछि ५७ वर्षका रोज्निकोभ संसार भरमा परिचित बनेका छन् । यस अवधिमा उनले युक्रेनका पश्चिमी सहयोगी राष्ट्रका नेताहरूसँग निरन्तर भेटघाट गर्दै आएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *