गदर–२ ले चौथो हप्तामा पनि धमाका मचाउने क्रम जारी, कमाइ ५ सय करोड नाघ्यो
काठमाडौं । सन्नी देओल र अमिषा पटेल स्टारर फिल्म ‘गदर–२’ ले बक्स अफिसमा ५०० करोडको कमाई गरेको छ ।
आइतवारको प्रारम्भिक ट्रेन्ड अनुसार फिल्मले करिब ८.५० करोड कमाएको थियो । योसँगै यो घरेलु बक्स अफिसमा ५०० करोड वा सोभन्दा बढी कमाउने दोस्रो फिल्म बनेको छ ।
फिल्मले पहिलो हप्तामा २८४.६३ करोड, दोस्रो हप्तामा १३४.४७ करोड र तेस्रो हप्तामा ६३.३५ करोड कमाएको थियो । रिलिजको चौथो शनिबारसम्म यसले ४९३.३७ करोड रुपैयाँ कमाएको थियो।
आइतवारको कलेक्सनको प्रारम्भिक प्रवृत्ति अनुसार फिल्मले करिब ८ करोड ५० लाखको कमाई गर्दै ५ सय करोडको कमाई गरेको छ ।
फिल्म ‘गदरः एक प्रेम कथा’को कथा सन् १९४७ को भारत–पाकिस्तान विभाजनमा आधारित थियो । ‘गदर-२’ को कथा सन् १९७१ को युद्ध सुरु हुनुअघिको हो।’गदरः एक प्रेम कथा’ पनि निकै हिट भयो ।
Facebook Comment