स्वीडेनमा कुरान जलाउने क्रममा हिंसात्मक प्रदर्शन
काठमाडौं । स्वीडेनमा कुरान जलाएको घटनापछि प्रहरीले हिंसात्मक प्रदर्शनलाई तितरबितर पारेको छ । स्वीडेनको माल्मो सहरमा कुरानको प्रतिलिपि जलाइएको छ ।
करिब दुई सय मानिस एउटा चोकमा जम्मा भएका थिए । यहाँ एक इराकी शरणार्थीले कुरानको प्रतिलिपि जलाउने घोषणा गरेका थिए ।
स्थानीय सञ्चारमाध्यमका अनुसार ती व्यक्तिलाई ढुङ्गामुढा गरिएको थियो भने केही व्यक्तिले उनलाई बचाउन प्रहरी ब्यारिकेड तोडेका थिए। यस घटनामा दुई जनालाई पक्राउ गरिएको छ ।
स्वीडेनमा हालैका महिनाहरूमा कुरान जलाउने धेरै घटनाहरू भएका छन्। सरकारले यस्ता घटनालाई गैरकानूनी घोषणा गर्ने उपाय खोजिरहेको बताउँछ ।
स्वीडेनमा कुरान जलाउने विवादले विदेशमा यसको छविलाई नराम्रो असर गरेको छ। जसका कारण देशको सुरक्षा अवस्था निकै खस्किएको सुरक्षा सेवा सापोले चेतावनी दिएको छ ।
धेरै मुस्लिम बाहुल्य देशहरूले यसप्रति असन्तुष्टि व्यक्त गरेका छन्। जुलाईमा स्टकहोममा पुलिसले कुरानको थप प्रतिहरू जलाउने अधिकार दिएको सुनेपछि इराकमा प्रदर्शनकारीहरूले स्विडेनी दूतावासमा आगजनी गरे।
यस मुद्दाले स्विडेनी जनतालाई १७६६ मा वाक स्वतन्त्रताको ऐतिहासिक र मौलिक अधिकारको रूपमा दुविधामा पारेको छ।
Facebook Comment