चन्द्रयान-३ प्रक्षेपण काउन्टडाउनमा आवाज दिने इसरो वैज्ञानिकको निधन

डिसी नेपाल
१९ भदौ २०८० १५:२४

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन, इसरोको प्रसिद्ध चन्द्रयान-३ लगायतका धेरै मिसनहरूको प्रक्षेपण काउन्टडाउनमा आफ्नो आवाज दिने वैज्ञानिक एन वलरामतीको हृदयघातका कारण निधन भएको छ।

प्रक्षेपण काउन्टडाउन भनेको कुनै पनि अन्तरिक्ष मिसन प्रक्षेपण गर्नु अघि काउन्टडाउन सुन्नु हो। जस्तै- ३, २, १…।

समाचार एजेन्सी पीटीआईले इसरोका एक अधिकारीलाई उद्धृत गर्दै वलरामतीको शनिबार चेन्नईको एक अस्पतालमा निधन भएको बताएको छ ।

केन्द्रीय राज्यमन्त्री राजीव चन्द्रशेखरले ट्वीट गर्दै उनलाई श्रद्धाञ्जली दिएका छन्। राजीव चन्द्रशेखरले लेखेका छन्, “चन्द्रयान-३ लगायत इसरोका धेरै मिसनहरूको प्रक्षेपण काउन्टडाउन पछाडिको आवाज एन वलरामती जीको निधनको बारेमा सुनेर गहिरो दुःख लागेको छ।”

“उनको परिवार र साथीहरूलाई मेरो समवेदना,” उनले भने “ओम शान्ति।’ चन्द्रयान-३ को प्रक्षेपण पछि इसरोले जुलाई १४, २०२३ मा एक ट्वीट गरेको थियो। यसमा प्रक्षेपण काउन्टडाउन गर्ने महिला इसरो वैज्ञानिक वलरामती थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *