जी-२० सम्मेलनअघि अमेरिकी राष्ट्रपति बाइडेनकी पत्नीलाई कोरोना संक्रमण

डिसी नेपाल
१९ भदौ २०८० १६:४६

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेन जी–२० राष्ट्रको शिखर सम्मेलनमा भाग लिन भारत प्रस्थान गर्नुभन्दा दुई दिनअघि नै कोरोना संक्रमित भेटिएकी छन् ।

यद्यपि राष्ट्रपति बाइडेनको कोभिड–१९ परीक्षण नेगेटिभ आएको छ । अमेरिकाको प्रथम महिलाका लागि सञ्चार निर्देशक एलिजाबेथ अलेक्जेंडरले एक विज्ञप्ति जारी गरेकी छिन् ।

जिल बिडेनमा हाल कोविड-१९ को हल्का लक्षणहरू रहेको बताइएको छ। उनी डेलावेयरको घरमै बस्नेछिन्।

ह्वाइट हाउसकी प्रेस सचिव करिन जीन-पियरेले प्रथम महिला कोभिड–१९ संक्रमित भेटिएपछि राष्ट्रपति बाइडेनले पनि आफ्नो जाँच गराएको बताएकी छिन् । यद्यपि उनको रिपोर्ट नेगेटिभ आएको छ ।

यस विज्ञप्ति अनुसार राष्ट्रपतिले यो साता नियमित परीक्षण र लक्षणहरूको अनुगमन गर्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *