आज सेयर बजारसहित बैंक–वित्तीय संस्था बन्द रहने
काठमाडौ। सेयर बजारका साथै बैंक तथा वित्तीय संस्थाहरु बन्द हुने भएको छ ।
आज भदौ २० गते श्रीकृष्ण जन्माष्टमी परेकाले सरकारले सार्वजनिक बिदा दिइएको छ । सोही कारण आज सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द गरिएका हुन् ।
अब सेयर बजार बिहीबार बिहान ११ बजे खुल्नेछ । यसअघि मंगलबार नेप्से सूचक ६।४५ अंकले घटेर १९ सय ६१।३७ बिन्दुमा बन्द भएको थियो । जसमा ७९ करोड ६८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया
Facebook Comment