संयुक्त राष्ट्र मानव अधिकार आयोगद्वारा मणिपुरमा जारी हिंसाप्रति चिन्ता व्यक्त

डिसी नेपाल
२० भदौ २०८० १२:०१

काठमाडौं । मणिपुरमा विगत चार महिनादेखि जारी हिंसाप्रति संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगले विज्ञहरूलाई उद्धृत गर्दै मणिपुरमा भइरहेको गम्भीर मानवअधिकार उल्लङ्घन र दुर्व्यवहारप्रति चिन्ता व्यक्त गरेको छ ।

आयोगले कथित दुर्व्यवहार, यौन हिंसा, गैरन्यायिक हत्या, घर भत्काउने, जबरजस्ती विस्थापन र यातनाका घटनाबारे छलफल भएको उल्लेख गरेको छ ।

संयुक्त राष्ट्र मानव अधिकार आयोगले मणिपुरमा हालैका घटनाहरूलाई ‘भारतमा धार्मिक र जातीय अल्पसंख्यकहरूको निरन्तर बिग्रँदै गएको अवस्था’ मा अर्को ‘दुःखद’ कोसेढुङ्गा भएको बताएको छ।

गम्भीर मानवीय अवस्थालाई ध्यानमा राख्दै संस्थाले राज्यमा ‘अपर्याप्त मानवीय उपाय’बारे छलफल गरेको छ ।

मणिपुरमा मेको पहिलो सातादेखि सुरु भएको हिंसामा हालसम्म १६० जनाको ज्यान गएको युएनएचसीआरले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *