पाकिस्तानको कराँचीमा अहमदिया समुदायको मस्जिद भत्काइयो
काठमाडौं । पाकिस्तानको कराँची सहरमा रहेको अहमदिया समुदायको मस्जिदमा सोमबार तोडफोड भएको छ ।
यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ जसमा केही व्यक्तिले हथौडाले भवनमा क्षति पुर्याएको देखिन्छ ।
यस क्रममा वासिफ शेख (नाम परिवर्तन) मस्जिदमा उपस्थित थिए जसले बीबीसीसँग आफ्नो भोगाइ साझा गरेका थिए।
बीबीसी संवाददाता रियाज सोहेललाई वासिफ शेखले भनेका छन्, “दिउँसो करिब १:३० बजेको थियो जब उनी नमाज पढ्न व्यस्त थिए, तब केही व्यक्ति अनुहार छोपेर पर्खाल नाघेरर मस्जिदमा प्रवेश गरे। त्यसपछि उनीहरूले मुख्य गेट खोले। त्यसपछि केही मानिस ठूला-ठूला हथौडा लिएर भित्र पसे र यस मस्जिदको ढोका, कुलर, गमलालगायतमा क्षति पु¥याएका छन् ।”
“यस क्रममा चौकीदारले आक्रमणकारीलाई रोक्न खोजे तर आक्रमणकारीले हावामा गोली हानेर बाहिर निकाले र चौकीदारलाई पनि यातना दिए।”
गत सात महिनामा पाकिस्तानको अहमदिया अल्पसंख्यक समुदायको पूजास्थलमा भएको यो दोस्रो आक्रमण हो। यसअघि फेब्रुअरीमा मस्जिदको पर्खालमा क्षति पुगेको थियो ।
अहमदी समुदाय इस्लामका अनुयायीहरूको समूह हो जसलाई पाकिस्तानी सरकारले मुस्लिमको रूपमा स्वीकार गर्दैन।
Facebook Comment