चीनमा ‘सर्टकट’ खोज्ने चक्करमा कामदारले ‘ग्रेट वाल अफ चाइना’ को एक भाग भत्काइदिए

काठमाडौं । चीनमा केही कामदारहरूले काम चाँडो पूरा गर्न मध्य साङ्सी प्रान्तमा रहेको ‘ग्रेट वाल अफ चाइना’ को एक भागलाई नराम्ररी क्षति पुर्याएका छन्।
प्रहरीले निर्माण कार्य सम्पन्न गर्न दुई जनाले ‘सर्टकट’ अपनाएको आशंका गरेको छ । दुवैलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान जारी छ । प्रभावित क्षेत्र नजिकै ३८ वर्षीय पुरुष र ५५ वर्षीया महिला काम गरिरहेका थिए ।
उनीहरु दुबैले ग्रेट वालको क्षतिग्रस्त भागमा पहिले देखि नै रहेको दरार भत्काएर त्यसलाई फराकिलो बनाए ताकि आफ्नो जेसीबी जस्तो देखिने ठूलो मेसिनलाई सजिलै बाहिर निकाल्न सकियोस् ।
यी मजदुरहरुले बाटो छोटो बनाउन चाहेको प्रहरीले जनाएको छ । प्रहरीले ग्रेट वालमा यी दुईजनाको कारणले भएको क्षति मर्मत गर्न नसकिने कुरामा पनि जोड दिएको छ ।
२४ अगस्टमा, अधिकारीहरूले पर्खालमा ठूलो दरार भएको जानकारी पाए। चीनको महान पर्खाल सन् १९८७ देखि युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गरिएको छ।
यो लगभग २२० ईसा पूर्व देखि १६०० मा मिङ राजवंश सम्म निर्माण र पुनर्निर्माण गरिएको थियो। यो संसारको सबैभन्दा ठूलो सैन्य संरचना थियो।
संरक्षित गरिएका ग्रेट वालका अधिकांश भागहरू मिङ राजवंशको समयमा अर्थात् १४ औं र १७ औं शताब्दीको बीचमा निर्माण गरिएका थिए। अब यी मध्ये एक भागमा ठूलो दरार बनेको छ।
Facebook Comment