परोपकार प्रसूति अस्पातलमा आजदेखि अनलाइन टिकट

काठमाडौं। काठमाडौंको थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्री रोग अस्पातलले बुधबारदेखि अनलाइन टिकटको व्यवस्था सुरु गरेको छ । अस्पतालले ६४ औं वार्षिकोत्सवको अवसर पारेर बुधबारदेखि अनलाइन व्यवस्था सुरू गरेको हो ।
बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन टिकटको व्यवस्था सुरु गरेको अस्पतालले बुधबारदेखि अनलाइन टिकट र थप एक–एक वटा बिलिङ र टिकट काउन्टरसमेत थप गरी सञ्चालनमा ल्याएको जनाएको छ ।
स्त्रीरोग अस्पतालले सेवाग्राहीले औषधि खरिद गर्ने सहजताको लागि फार्मेसी काउन्टरसमेत थप गरेको छ ।
प्रतिक्रिया
Facebook Comment