विश्वकपका लागि अष्ट्रेलियाको क्रिकेट टोली घोषणा

काठमाडौं । अक्टोबर ५ बाट भारतमा सुरु हुने विश्वकप क्रिकेटका लागि अष्ट्रेलियाले टोलीको घोषणा गरेको छ ।
अस्ट्रेलियाको १५ सदस्यीय विश्वकप टोलीमा प्याट कमिन्सले कप्तानी गर्नेछन्। घाइते भए पनि टोलीमा स्टिभ स्मिथ, मिचेल स्टार्क र ग्लेन म्याक्सवेल पनि छन् ।
बलर अलराउन्डर सिन एबोटले पनि आफ्नो पहिलो विश्वकप खेल्नेछन् ।
यी खेलाडीसँगै एस्टन अगर, एलेक्स क्यारी, क्यामरुन ग्रीन, जोस हेजलवुड, ट्राभिस हेड, जोस इन्ग्लिस, मिचेल मार्स, मार्कस स्टोइनिस, डेभिड वार्नर र एडम जाम्पा पनि अष्ट्रेलियाको टोलीमा परेका छन् ।
एकदिवसीय विश्वकपमा भारतको पहिलो खेल अष्ट्रेलियासँग चेन्नईमा हुँदैछ ।
प्रतिक्रिया
Facebook Comment