महाराजगञ्ज शिक्षण अस्पतालले माग्याे ५० जना स्टाफ नर्स
काठमाडौं। त्रिभुवन विश्वबिद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जले ५० जना स्टाफ नर्स माग गरेको छ।
महाराजगञ्ज अन्तरगतको शिक्षण अस्पताल र त्यसका बिभिन्न केन्द्रहरुका लागि ५० जना स्टाफ नर्स माग गरेको हो।
संस्थानले शुक्रबार सूचना जारी गर्दै स्टाफ नर्सको स्थायी पदमा करार सेवामा पदपूर्ति गर्न लागिएको हो। इच्छुक नर्सले आगामी असोज ५ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ।
प्रतिक्रिया
Facebook Comment