मोरक्कोको माराकेश नजिक ६.८ म्याग्निच्युडको भूकम्प, हालसम्म २९६ जनाको मृत्यु
काठमाडौं । मोरक्कोको गृह मन्त्रालयले मध्य मोरक्कोमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको र कम्तीमा २९६ जनाको ज्यान गएको जनाएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको केन्द्र माराकेशबाट ७१ किलोमिटर (४४ माइल) दक्षिणपश्चिममा उच्च एटलस पर्वतमा रहेको बताएको छ। यसको केन्द्र जमिनमा १८.५ किलोमिटर गहिरो रहेको बताइएको छ।
भूकम्पको धक्का केन्द्रबिन्दुबाट ३५० किलोमिटर टाढा रहेको राजधानी रबातमा पनि महसुस गरिएको थियो । कासाब्लान्का र एसाउइरामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।
स्थानीय समय अनुसार दिउँसो २३:११ मा (२२:११ जीएमटी) भूकम्प गएको हो ।
सामाजिक सञ्जालमा धेरै अपुष्ट भिडियोहरू शेयर भइरहेका छन् जसमा भूकम्पका कारण क्षतिग्रस्त सडक र भवनहरूमा भग्नावशेष छरिएको देखिन्छ।
एक बासिन्दाले रोयटर्स समाचार एजेन्सीलाई माराकेशको पुरानो सहरमा केही भवनहरू भत्किएको बताए।
अर्को व्यक्तिले आफूले भूकम्पको “बलियो कम्पन” महसुस गरेको र “भवनहरू हल्लिरहेको” देखेको बताए।
अब्दुलहक अल-अमरानीले एएफपी समाचार एजेन्सीलाई भने, “मानिसहरू स्तब्ध थिए, आतंकमा थिए। बालबालिका रोइरहेका थिए।”
भूकम्पका कारण करिब दश मिनेटसम्म विद्युत् र फोन लाइन अवरुद्ध भएको थियो ।
Facebook Comment