चीन सरकारको निर्णयले एप्पलको सेयरमा ठूलो गिरावट
काठमाडौं । आइफोन निर्माता एप्पलको सेयरमा लगातार दोस्रो दिन गिरावट आएको छ । एप्पलको सेयरमा आएको यो गिरावटलाई चिनियाँ सरकारको निर्णयसँग जोडिएको छ जसमा कर्मचारीहरूलाई आईफोन प्रयोग नगर्न निर्देशन दिइएको छ।
अमेरिकी पत्रिका ‘वाल स्ट्रिट जर्नल’ले बुधबार एक रिपोर्टमा चिनियाँ सरकारको यो निर्णयको दाबी गरेको छ । यो खबरपछि २०० अर्ब डलर नजिक रहेको अमेरिकी टेक कम्पनीको मुल्यांकनमा ६ प्रतिशतले गिरावट आएको छ ।
चीन एप्पलका लागि विश्वको तेस्रो ठूलो बजार हो। यसका अधिकांश उत्पादनहरू चीनमा मात्रै बनेका छन्।
वाल स्ट्रिट जर्नलको यो प्रतिवेदन वासिङ्टन र बेइजिङबीच जारी तनावको माहोलमा आएको हो, जसमा चिनियाँ सरकारले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।
प्रतिक्रिया
Facebook Comment