‘आन्दोलन’ र ‘क्रान्ति’का नाममा ‘आपराधिक’ पृष्ठभूमिबाट आएकासँग के अपेक्षा गर्ने ?
छोराको बिबाह गर्नको लागि आमा बुवाले सकभर कुल संस्कार घरानियाको छोरी नै हेर्ने गर्छन्। असल घरका छोरा छोरीले त्यही अनुसारको संस्कार पाएका हुन्छन्।
रीति रिवाज पनि सोही अनुसार लिएर आएका हुनाले उनीहरुबाट कुनै पनि अनैतिक र अभद्र ब्यबहार हुँदैन भन्ने सोचाइ हाम्रो समाजमा हुन्छ। अब हामी एकपटक हाम्रा नेतृत्वमा भएका दलका प्रमुखहरुको पृष्ठभूमि हेरौं।
हवाइजहाज अपहरण गरी राष्ट्रको पैसा लुटेको भूमिका भएको नेपाली काँग्रेसका प्राय सबैजसो नेता बिहारमा बसेर आफ्नो राजनीतिक जीवन सुरु गरेका हुन्।
जहाँ गरिबी, अशिक्षा, लुटपाट, चोरी अत्यन्त बढी हुने राज्य हो। काँग्रेसका पहिलाका नेता आफैं अत्यन्त अभावमा हुर्की बढी पढेका हुन्। उनीहरु जब नेपालको राजनीतिमा छिरे, उनीहरुको पहिलो उद्देश्य आफू कसरी हुन्छ सुखसयलमा बस्ने भन्ने चिन्तामा थिए।
त्यसैले उनीहरु जसरी हुन्छ पैसा कमाउन थाले। कृष्णप्रसाद भट्टराई जस्ता सालिन स्वात्विक र इमान्दार नेतालाई पन्छाएर जब गिरिजाप्रसाद कोइराला सत्तामा पुगे, उनका आसेपासेले उनलाई घेरिसकेका थिए।
जबसम्म भ्रष्ट नेता तथा कर्मचारी लगायतका परिवारलाई समाजले बहिस्कार गर्दैन तबसम्म नेपाली समाजबाट भ्रष्टचार नियन्त्रण हुनेछैन। यसका लागि अहिलेका युवाहरु भ्रष्टाचार नियन्त्रण तथा सुशासनतर्फ लाग्नु पर्छ।
सुरुमा भाउजू नोना कोइराला गिरिजाको भित्रिया बनेर पैसा जम्मा गर्न थालिन्। त्यसबेलासम्म गिरिजा धेरै भ्रष्टचारमा बद्नाम भइसकेका थिएनन्।
जब जर्मन नागरिकसँग विवाह गरेर बिदेशमा बसेकी गिरिजा पुत्री सुजाता बालुवाटार छिरिन् त्यसपछि ठूला ठूला भ्रष्टचारका काण्ड बाहिर आउन थाले। त्यसमा प्रमुख गरेर लाउडा, धमिजा काण्ड थिए।
त्यतिखेर एकजना भरतपुर क्यान्सर अस्पतालका समितिका सभापतिका अनुसार अस्पतालमा कुनै ठूला मेसिन बाहिरबाट ल्याउने भयो कि सुजाताले कमिसन लिइहाल्थिन रे।
त्यो कमिसनको पैसा जम्मा गरेर गरिबलाई निशुल्क उपचार गर्ने कार्यक्रम भएकाले कमिसन नलिन सुजातालाई मनाउन नसकेर शशांक कोइरालामार्फत गिरिजालाई भन्नु परेको थियो। गिरिजाप्रसाद सरकारमा भइन्जेल छोरी सुजाताको रजगज नै थियो।
पछि सुडान काण्डमा पैसा असुल्ने पनि उनकै ज्वाइँ रुबेल चौधरी थिए। जसलाई सुडान काण्डको छानबिन सुरु भएपछि बंगलादेश भगाइयो। गिरिजाको निधन पछि आएका सुशील कोइराला अविवाहित भएको र उनी सादगी बिचारका भएकाले उनीले भ्रष्टाचार गरेको सुनिएन।
त्यसपछि आएका शेरबहादुरको पालामा भ्रष्टचारका काण्ड अत्यधिक बढेर गए। वाइडबडी, एनसेनका ठूला काण्डबाहेक प्रहरीको सरुवा बढुवामासमेत आरजू देउवाले पैसा उठाएको कुरा ब्यापकरुपमा बाहिर आयो।
आफ्नै दलका नेतालाई निर्वाचनमा टिकटसमेत बेच्ने गरिएको सुनिन्थ्यो। पछिल्लो अबस्थामा भुटानी शरणार्थी काण्डमा आरजू देउवाको नाम जोडियो।
उनलाई सोधपुछ हुने कुरा बाहिर आएपछि गृहमन्त्रीलाई हटाउन पूर्वप्रधानमन्त्री शेरबहादुर आफैं लागे। छानबिनमा ब्यस्त प्रहरी अधिकृतहरुको सरुवा गरेर हाललाई समस्या पन्छाइयो।
झापामा टाउको काटेको पुष्ठभुभि भएका बामपन्थी नेताहरु प्राय सबै गरिब परिवारबाट आएका हुन्। झलनाथ खनाल, सुवास नेम्वाङ, माधव नेपाललगायत केही हुनेखाने परिवारका सदस्य हुन्।
हालका एमाले अधक्ष्य निकै गरिब परिवारबाट आएका हुन्। एमाले अध्यक्ष केपी ओली अरुभन्दा क्षमतावान वाकशक्ति भएका अध्यनशील नेता हुन्। उनको कार्यकालमा देश हितमा धेरै कार्यहरु भए। तर पनि उनी भ्रष्टचारबाट बेदाग हुन सकेनन्।
उनका वरिपरिका सल्लाहकारले प्रधानमन्त्री पदको दुरुपयोग गरे। तर ती सल्लाहकारलाई चिनेर हटाउन केपी ओली कहिल्यै अघि बढेनन्। यसमा उनको ठूलो कमजोरी देखिन्छ। शायद नेकपाको सरकार ५ बर्ष चल्न सकेको भए देशले केही प्रगति गर्न सक्ने थियो।
तर तीन नेताको आपसी कलह र प्रमुख सल्लाहकारले आगोमा घिउ हाल्न थालेपछि नेकपा फुटेर गयो। यसबाट देश फेरि पछाडि धकेलियो।
माधव नेपाल पहिला अरुभन्दा कम विावादस्पद नेता भएपनि ललिता निवास जग्गा प्रकरणमा उनको प्रधानमन्त्रीत्वकालमा भएको गलत निणयले गर्दा उनी ललिता निवास काण्डमा मुछिए।
उनको निर्णयको कारण अरु सबैलाई कारवाहीको दायरामा ल्याइए पनि पूर्व प्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईलाई कारवाहीमा पारिएन।
यो प्रचण्डको सत्ता जोगाउने अस्थायी दाउ मात्र हो। माधव नेपाल हिन्दु धर्मको बिरुद्ध इसाइ धर्मको संयोजक भएर होलिवाइनको कार्यक्रमा सहभागिता भएपछि उनको अरु बदनाम भयो।
सत्ता प्राप्तिको लागि १७ हजार नेपाली जनता अनाहकमा मारिनु परेको भूमिकाबाट आएका माओबादीहरु, काँग्रेस र कम्युनिष्ट नेताहरुले सत्तामा पुगेर अकुत सम्पति कमाएर रजगज गरेको देखेपछि उनीहरुलाई पनि छिटो सत्तामा पुगेर लुट्नु थियो।
तर निर्बाचनबाट सत्तामा छिटो पुग्न संभव नदेखेर बिद्रोहको माध्यमद्वारा सत्तामा पुगे। पुष्पकमल दाहाल सत्तामा पुगेपछि अरु दलका नेता जस्तै बिभिन्न तरिकाबाट पैसा कमाउन लागे।
क्यान्टोन्मेन्टमा भएको अरबौंको भ्रष्टचारदेखि बिभिन्न उद्योगहरुमा उनको शेयर भएको कुरा बाहिर आएका छन्। राष्ट्रहितमा बोल्न नसक्ने प्रचण्डको पूरा ध्यान बिदेशीलाई खुसी पारेर आफू मानवअधिकार हनन्का अपराधमा बच्ने प्रयासमा केन्द्रित छ।
अहिले उनले थालेका ठूला भ्रष्टचारका काण्डमा फायल खोलेर त्यसलाई निचोडमा पुर्याउन सकेमा प्रचण्डको क्षवि फेरि पनि केही उठ्न सक्छ। तर प्रचण्ड काँग्रेससँगको गठजोडको सरकार गिर्ला भनेर आरजू देउवालाई कारबाहिको दायरामा ल्याउन सकेनन्।
सुन काण्डमा आफ्नै दलका नेता कृष्णबहादुर महरालाई अहिलेसम्म कारवाही सुरु गर्न सकेका छैनन्। त्यस्तै गरेर माओवादी नेताका छोराहरु समेत बाबुसँगै काण्डमा मुछिएका देखिन्छन्। यसले गर्दा गलत भूमिका र संस्कार बोकेका ब्यक्तिले पनि गलत कार्य नै गर्छन् भन्ने यहाँ प्रमाणित भएको छ।
देश बनाउने चासो प्रचण्डलगायत बुढा नेतामा देखिँदैन। त्यही भएर दलका ट्रेड युनियन, बिद्यार्थीका संघ संघठन हटाउन सक्दैनन्। जसको कारण पनि कर्मचारी तथा बिद्यार्थीमा अनुशाससहिनता र अराजकता बढिरहेको छ।
ब्यबस्था र भ्रष्टचार बिरुद्ध बुलन्द आवाजसहित आन्दोलन गर्ने कर्मचारी, बिद्यार्थी आज शिर्फ दलका लाचार छायाँ र झोलेमात्र भएका छन्। उनीहरुले आफ्ना दलका भ्रष्ट अनैतिक नेताका बिरुद्ध बोल्न सक्दैनन्।
त्यसैले जबसम्म भ्रष्ट नेता तथा कर्मचारी लगायतका परिवारलाई समाजले बहिस्कार गर्दैन तबसम्म नेपाली समाजबाट भ्रष्टचार नियन्त्रण हुनेछैन। यसका लागि अहिलेका युवाहरु भ्रष्टाचार नियन्त्रण तथा सुशासनतर्फ लाग्नु पर्छ।
अब युवाहरुले यी भ्रष्टहरुलाई कारवाही गर्नपनि बिदेश पलायन हुने कार्य रोकेर देशमै केही योगदान गरेर भएपनि आत्मनिर्भर हुने प्रयास युवाहरुले गर्न अत्याबश्यक छ। सरकारमा बस्नेहरुले सर्वसाधरणको लागि गुणस्तरीय शिक्षा र स्वास्यमा सुधार गर्ने प्रयास गरेनन्।
त्यसैले पनि बिदेशमा भएका र स्वदेशका इमान्दार तथा क्षमतावान युवाहरु देशको बिकास गर्न पनि डाक्टर, इन्जिनियर, बैज्ञानिक, रिसर्चकर्ताहरु तथा बौद्धिक ब्यक्तित्वहरु स्वदेशमा बसेर आन्दोलन गर्न र यसलाई सुधार गर्न आबश्यक भइसक्यो।
यति नगरेसम्म देशले बिकासको गति लिन नसक्ने कुरा निर्बिबाद नै छ। किनकि अहिले दलका झोलेको बाहुल्यता अत्यधिक बढेर गएको छ। टिभी रेडियो तथा अनलाइनमा बोलेर लेखेर मात्र हाम्रो देशको उत्थान हुँदैन।
यिनीहरुलाई नियन्त्रण र कारवाही गर्न पनि निश्पक्ष क्षमतावान जोशिला युवाको आवश्यक छ देशलाई। त्यसैले सरकारको भर नपरी युवाहरुलाई स्वदेशमा पसिना बगाउन र आफ्ना बृद्ध बाबु आमाको बेहाल नपारी देशको उत्थानमा लाग्न मातृभूमिले पुकार गरिरहेको छ।
Facebook Comment