हिमालय एअरलाइन्स्द्वारा काठमाडौं-छिन्ताओ-काठमाडौं उडान सेवाको उद्घाटन

डिसी नेपाल
२४ भदौ २०८० ११:३०

काठमाडौं। नेपाल-नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्स्ले सेप्टेम्बर १०, २०२३ मा लामो समयदेखि प्रतिक्षारत काठमाडौं-छिन्ताओ-काठमाडौं उडान सेवाको उद्घाटन गरेको छ।

यो सेवा बिस्तारलाई एअरलाइन्स्ले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवर्धन गर्ने प्रतिबद्धताका रुपमा लिएको छ।

यस नयाँ रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको रमणीय परिदृश्य, समृद्ध सांस्कृतिक सम्पदा र आर्थिक महत्वका लागि परिचित सहरको बीचमा सहज यात्राको विकल्प प्रदान गर्ने एअरलाइन्सले जनाएको छ। एअरलाइन्स्ले हरेक आइतबार, सेप्टेम्बर १०, २०२३ देखि निर्धारित यस रुटको लागि साप्ताहिक सेवा सञ्चालन गर्ने तयारी गरेको छ।

पहिलो आउटबाउन्ड उडान, H9 7220, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ः१५ मा प्रस्थान गरेको थियो र छिन्ताओकोे जियाओडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझकोे ५ः२२ बजे अवतरण गर्ने जनाइएको छ।

यस उडानको अवधि ५ घण्टा ५० मिनेटको रहनेछ। पहिलो उडानमा कूल यात्रु संख्या एक सय रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *