युद्ध सम्बन्धी जी-२० घोषणापत्रमा रूसबारे केही उल्लेख छैन, युक्रेनले के भन्यो ?
काठमाडौं । युक्रेनले जी-२० सम्मेलनको घोषणापत्रमा प्रतिक्रिया दिएको छ। युक्रेनले घोषणापत्रमा गर्व गर्न सकिने कुनै पनि कुरा नभएको बताएको छ ।
बीबीसी संवाददाताले गत वर्ष जारी गरेको वक्तव्यको तुलनामा यसको भाषा नरम भएको बताएका छन् । यसमा रुसको पनि कुनै उल्लेख छैन । यसको भाषा अस्पष्ट राखिएको छ।
आलोचकहरू भन्छन् कि यसले रूसलाई युक्रेनमा आफ्नो गैरकानुनी कब्जालाई जायज ठहराउने मौका दिन सक्छ। भारतले यो वक्तव्य जारी गर्नमा विकासशील देशले प्रमुख भूमिका खेलेको बताएको छ ।
युक्रेन युद्धका सम्बन्धमा भारतको अडान ‘तटस्थ’ रहेको छ । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसको नाम नलिई ‘यो युद्धको युग होइन’ भनेका थिए ।
प्रतिक्रिया
Facebook Comment