लघुकथा : गमला
‘मामु छतको डिलमा गमला नराख्नु है’।
किन र नानु ?
हिजो हाम्रो एकजना साथी दिवसलाई उसको घरको छतको गमला खसेर टाउकोमा चोट लागेर उसलाई अस्पतालमा राखेको छ।
‘कसरी त्यस्तो भएछ’?
दिवस र उसका साथीहरु आँगनमा गोल खेलिरहेका रहेछन्। उसको सानो भाइले पनि उनीहरुसँग तल खेल्नजान्छु भनेर जिद्दी गरेछ। सानो भाइलाई खेल्न लैजाँदा उनिहरुको खेल बिगार्छ भनेर तल लगेनछन्। अनि भाइले माथीबाट उनीहरुको खेल हेर्नलाई हातले डिलमा समाउँदा गमला ठेलिएर तल खसेर दिवसको टाउकोमा चोट लागेछ।
‘आम्मै नि त, हुनुहार भएछ नि‘।
सरलाई डाक्टरले भन्नुभएको रहेछ “कसैको पनि घरको कौसीको वा छतको डिलमा गमलाहरु राख्नु हुँदैन। कहिले हावाहुरीले फूल गोड्दा, गमलामा पानी हाल्दा अनि मानिसहरु आवत जावत गर्दा पनि गमला खसेर तल हिँडिरहेका, खेलिरहेका, बसिरहेका मानिसहरुलाई चोट लाग्न सक्छ रे। यसरी चोट लागेका मानिसहरु बिभिन्न किसिमका शारीरिक दुर्वलता र अपांगतासमेत हुन सक्छन् रे”।
‘ए , ल ल म सबै गमलाहरु भूईंमा झारिहाल्छु‘ ।
‘मामु म स्कुलमा गएर सबै साथीहरुलाई उनीहरुको घरको कौसीको डिलमा राखेको गमला पनि भूइँमा झानु पर्छ भन्छु। अनि हामी आज दिवसलाई हेर्न अस्पताल जान्छौं, फलफूल किन्न मलाई पैसा दिनु है’।
Facebook Comment