फ्रान्सेली राष्ट्रपति म्याक्रोनले भने – रुसले ठीक उल्टो गरिरहेको छ

डिसी नेपाल
२५ भदौ २०८० १५:०२

काठमाडौं । जी–२० शिखर सम्मेलनको औपचारिक समापनपछि पत्रकारहरूसँग कुरा गर्दै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई निशाना बनाएका छन् ।

दिल्लीमा पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने, ‘पुटिनमाथि धेरै देशले प्रतिबन्ध लगाएकाले दिल्ली सम्मेलनमा भाग लिएनन् । त्यसैले रुसले विदेशमन्त्री सर्गेई लाभरोभलाई यहाँ पठाएको हो ।’

उनले भने ‘जी-२० ले क्षेत्रीय अखण्डता सम्बन्धी संयुक्त राष्ट्र बडापत्रलाई समर्थन गर्दछ जबकि रूसले ठीक उल्टो गरिरहेको छ।’ म्याक्रोनले जी-२० नेताहरूको संयुक्त वक्तव्यमा सन्तुष्टि व्यक्त गरे।

उनले भने, ‘जहाँ घोषणामा सुधारको सम्भावना थियो, त्यहाँ मैले सुझाव दिएको थिएँ ।’

यसअघि आइतवार म्याक्रोन र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय वार्ता भएको थियो जसमा भारत-फ्रान्स सम्बन्धलगायत धेरै विषयहरू समेटिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *