भारत आएका साउदी युवराजले राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर के भने ?

डिसी नेपाल
२५ भदौ २०८० १६:४१

काठमाडौं । साउदी युवराज मोहम्मद बिन सलमानले भारतकी राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेका छन् । औपचारिक स्वागत समारोहमा साउदी अरबका युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमान बिन अब्दुल अजिज अल साउद राष्ट्रपति भवन पुगेका थिए ।

यहाँ राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई स्वागत गरेका थिए ।

स्वागतपछि सञ्चारकर्मीसँग कुरा गर्दै युवराज मोहम्मद बिन सलमानले भने, ‘म भारत आउन पाउँदा निकै खुसी छु । जी-२० सम्मेलनको लागि भारतलाई बधाई। बैठकमा त्यस्ता धेरै घोषणाहरू गरिएका थिए जसले जी-२० देशहरूलाई फाइदा पुर्‍याउँछ। हामी दुवै देशको राम्रो भविष्यका लागि मिलेर काम गर्नेछौं।’

आजको बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदी र साउदी अरेबियाका युवराजबीच व्यापार, अर्थतन्त्र, रक्षा र सांस्कृतिक सहयोगका विषयमा छलफल हुनेछ ।

युवराज नयाँ दिल्लीको तीन दिने भ्रमणमा छन् र आइतवार समाप्त भएको जी-२० शिखर सम्मेलन पछि सोमबार प्रधानमन्त्री मोदीलाई भेट्दैछन्।

यसअघि विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यात्राका क्रममा उनी सेप्टेम्बर ९–१० मा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुने र सेप्टेम्बर ११ मा पनि भारतमा बस्ने छन् ।

युवराजले साँझ करिब ६.३० बजे राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गर्नेछन् । त्यसपछि उनी साउदी अरेबियाको लागि नयाँ दिल्लीबाट साँझ ८.३० बजे उड्नेछन् ।

यसअघि फेब्रुअरी २०१९ मा क्राउन प्रिन्स मोहम्मद बिन सलमानले भारतको भ्रमण गरेका थिए, यो उनको दोस्रो राजकीय भ्रमण हो।

भारत-मध्य-पूर्व-युरोप बीच आर्थिक र रेल कोरिडोर निर्माण गर्न जी-२० को समयमा भारतले एक सम्झौतामा हस्ताक्षर गरेको छ। यो सम्झौतालाई चीनको बेल्ट एण्ड रोड इनिसिएटिभको विरोध गर्ने प्रयासका रूपमा लिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *