मधेश प्रदेश सांसद बिन्दु कुमारी यादवको निधन
काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)की केन्द्रीय सदस्य एवं मधेश प्रदेशसभा सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ ।
पाठेघरको क्यान्सरबाट पीडित उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा निधन भएको हो।
दश दिनदेखि आइसियू कक्षमा भर्ना भएर उपचाररत रहेकी प्रदेश सांसद यादवको आज बिहान ८ बजे निधन भएको जनकपुर प्रादेशिक अस्पतालले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment