सुवास नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय लगियो

काठमाडौं। एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको शव त्रिवि शिक्षण अस्पतालबाट निकालिएको छ ।
नेम्वाङको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि तुल्सीलाल स्मृति हल एमाले केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा राख्न लागिएको हो।
इलाम-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको मंगलबार बिहान हृदयघातका कारण काठमाडौंमा निधन भएको थियो।
उनका दुई छोरा विदेशबाट आएपछि बुधबार अन्त्येष्टि गरिने तयारी गरिएको छ।
प्रतिक्रिया
Facebook Comment