स्पाइसजेटका निर्देशक अजय सिंहलाई तिहाड जेलमा हालिदिने सर्वोच्चको चेतावनी

डिसी नेपाल
२६ भदौ २०८० १५:००

काठमाडौं । भारतको सर्वोच्च अदालतले स्पाइसजेटका निर्देशक अजय सिंहलाई ऋण नतिरे जेल हाल्ने चेतावनी दिएको छ ।

सर्वोच्च अदालतले स्पाइस जेटले सेप्टेम्बर १५ सम्ममा क्रेडिट सुइसलाई पाँच लाख र सेप्टेम्बर २२ सम्ममा १० लाख डलर तिर्नुपर्ने भनेको छ।

यसका साथै वायुसेवा कम्पनीलाई १० लाख डलर नतिरेको रकम तिर्न पनि निर्देशन दिइएको छ । सर्वोच्च अदालतले यो रकम नतिरे स्पाइस जेटका निर्देशक अजय सिंहलाई तिहाड जेल पठाइने बताएको छ ।

स्पाइस जेट र क्रेडिट सुइसबीच सन् २०१५ देखि चलिरहेको अदालती लडाइपछि सर्वोच्च अदालतले यस्तो फैसला गरेको हो । यो मुद्दा स्पाइस जेटले क्रेडिट सुइसलाई २.४० करोड रुपैयाँको ऋण तिर्न नसकेकोसँग सम्बन्धित थियो।

बीबीसीकी सहयोगी पत्रकार सुचित्रा के. मोहन्तीले अदालतको यस निर्णयको जानकारी दिँदै मुद्दाको अर्को सुनुवाई सेप्टेम्बर २२ मा हुने बताइन् ।

सर्वोच्च अदालतले आफ्नो आदेशबमोजिम भुक्तानी नगरे कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरिने जनाएको छ । अजय सिंहलाई सर्वोच्च अदालतमा अर्को सुनुवाईमा उपस्थित हुन भनिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *