अमेरिकी विदेशमन्त्रीले भने– भारतसँग यति गहिरो सम्बन्ध कहिल्यै थिएन

डिसी नेपाल
२८ भदौ २०८० १३:५८

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बुधबार भारत र अमेरिकाबीचको रणनीतिक सम्बन्ध यति गहिरो र गतिशील कहिल्यै नभएको बताएका छन् ।

भारतले जी-२० शिखर सम्मेलनको आयोजना गरेको केही दिनपछि ब्लिन्केनले जोन हप्किन्स स्कूलमा आयोजित एक कार्यक्रममा भारत र अमेरिकाबीचको सहकार्यले दुवैलाई फाइदा हुने बताए।

ब्लिन्केनले भने, “अमेरिका-भारत रणनीतिक साझेदारी कहिल्यै अहिलेजति बढी गतिशील भएको छैन, हामी सेमीकन्डक्टरदेखि रक्षा सहयोगसम्म सबै कुरामा सँगै काम गरिरहेका छौं।”

उनले भ्याक्सिन बनाउनेदेखि सामुद्रिक सुरक्षा सुदृढ गर्ने र जलवायु परिवर्तनका चुनौतीसँग जुध्न सबै विषयमा मिलेर काम गर्न भारत, जापान र अष्ट्रेलियासँग बाइडेन प्रशासनले क्वाड साझेदारी विस्तार गरेको बताए ।

ब्लिन्केनले भने, “गत हप्ता मात्र जी-२० मा राष्ट्रपति बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एशिया, मध्य पूर्व र युरोपलाई जोड्ने अर्को महत्वाकांक्षी यातायात, ऊर्जा र प्रविधि कोरिडोरको घोषणा गरे।”

“साउदी अरेबिया, युएई, फ्रान्स, जर्मनी, इटाली र ईयूले स्वच्छ ऊर्जा उत्पादन, डिजिटल कनेक्टिभिटी प्रवर्द्धन गर्न र क्षेत्रभरि महत्वपूर्ण आपूर्ति शृङ्खलाहरूलाई सुदृढ गर्न अमेरिका र भारतसँग मिलेर काम गर्नेछन्।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *