आमिर खानकी छोरी आयराको बिहेको मिति तय

डिसी नेपाल
२८ भदौ २०८० १६:०५

काठमाडौं । बलिउड अभिनेता आमिर खानकी छोरी आयरा खानको विवाहलाई लिएर ठूलो अपडेट आएको छ । इटाइम्सको रिपोर्ट अनुसार आयरा र उनका मंगेतर नुपुर शिखरेले अक्टोबर महिनामा कोर्ट म्यारिज गर्ने निर्णय गरेका छन् । दुवैको अक्टोबर ३ तारिखमा अदालती विवाह हुँदैछ । त्यसपछि उदयपुरमा परिवार र साथीभाइबीच भव्य विवाह समारोह आयोजना गरिने भएको छ ।

आयरा र नुपुरको विवाहमा कुनै पनि बलिउड सेलिब्रेटीलाई निम्तो नदिइएको बताइएको छ । आमिर खान आफ्नी प्यारी छोरीको विवाहको लागि निकै उत्साहित देखिन्छन् र शाही विवाहको तयारी पनि सुरु गरेका छन् ।

आमिरका भावी ज्वाइँ फिटनेस ट्रेनर हुन्। नुपुरले आयरालाई फिटनेसको तालिम दिन्थे । यसै क्रममा दुवैको मित्रता भयो र चाँडै यो मित्रता प्रेममा परिणत भयो । गत वर्ष दुवैले इन्गेजमेन्ट गरेर आफ्नो सम्बन्धलाई नयाँ नाम दिएका थिए । आयराको इन्गेजमेन्टको तस्बिरले इन्टरनेटमा तहल्का मच्चाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *