लिबियामा आएको बाढीमा झण्डै २० हजार मानिसको मृत्यु भएको आशंका

काठमाडौं । लिबियाको डेर्ना सहरका मेयरले देशमा अचानक आएको बाढीका कारण करिब २० हजार मानिसको मृत्यु भएको आशंका गरेका छन् ।
आइतबार आएको यो विनाशकारी बाढीले देशको पूर्वी क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ ।
बन्दरगाह सहर डेरनाका मेयरले साउदी न्यूज च्यानल अल-अरेबियालाई दुई बाँध भत्किएर आएको बाढीमा करिब १८ देखि २० हजार मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।
जब यी बाँधहरू फुटे, मानिसहरू सुतिरहेका थिए र सुनामी जस्तै बाढी आयो।
धेरै शव अझै पनि भग्नावशेषमुनि वा समुद्रमा दबिएका छन्। जसका कारण रोग सर्ने जोखिम बढेको छ ।
यसैबीच, लिबियामा सत्ताधारी प्रतिद्वन्द्वी सरकारहरूले अन्तर्राष्ट्रिय सहयोगको लागि अपील गरेका छन्।
प्रतिक्रिया
Facebook Comment