अमेरिका प्रस्थान गर्नु अघि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
काठमाडौं। मन्त्रिपरिषद बैठक बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका हुन्।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने छ।
प्रधानमन्त्री दाहालको आसन्न अमेरिका भ्रमण तथा त्यसपछि हुने चिनियाँ भ्रमणका बारेमा छलफल हुने जनाइएको छ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र नियमित प्रशासनिक एजेन्डाको विषयमा छलफल हुनेछन्।
प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न विदेश भ्रमणका विषयमा पनि बैठकमा जानकारी गराउने र त्यसका तयारीका बारेमा मन्त्रालयगत जानकारी लिने पनि कार्यसुचीमा राखिएको छ।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघ ७८औँ महासभामा भाग लिन शनिबार त्यसतर्फ प्रस्थान गर्दैछन्।
प्रतिक्रिया
Facebook Comment