सानिमा बैंकको १४.७० प्रतिशत लाभांश घोषणा

डिसी नेपाल
२९ भदौ २०८० ११:३२

काठमाडौ। सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट १४.७० प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

बैंकको बिहीबार (भदौ २८ गतें) बसेको सञ्चालक समिति बैठकले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.७० प्रतिशत नगद गरी कुल १४.७० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र सानिमाको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । बैंकले हाल कायम १२ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पुँजीमा लाभांश प्रस्ताव गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *