अफ्रिकाको सबैभन्दा ठूलो अर्थतन्त्र नाइजेरिया पूरै देश अन्धकारमा

डिसी नेपाल
३० भदौ २०८० १०:१७

काठमाडौं । अफ्रिकाको सबैभन्दा ठूलो अर्थतन्त्र नाइजेरियामा बिहीबार ग्रिड विफलताका कारण पूरै देश अन्धकारमा डुबेको छ।

यसको कारण नाइजेरियाको महत्वपूर्ण प्रसारण लाइनमा आगलागी भएको बताइएको छ । जसका कारण नाइजेरियामा एक्कासी विद्युत् कटौती भएको थियो ।

नाइजेरियाका ऊर्जा मन्त्री अदेबायो अदेलाबुले कान्जी र जेब्बा पावर प्लान्ट जोड्ने प्रसारण लाइनमा आगलागीका कारण विस्फोट भएको बताएका छन्। यस पछि ग्रिड विफल भयो।

तर, दुर्घटना भएको केही घण्टापछि बिजुली आपूर्ति क्रमशः सुचारु हुँदै आएको छ । नेपाली समय अनुसार साँझ ७.४५ बजे विद्युत आपूर्ति १३४१ मेगावाट पुगेको थियो ।

यसलाई ४ हजार १ सय मेगावाटसम्म लैजानुपर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *