शाहरुख खानले ‘जवान’को सफलताको राज खोले, दक्षिण भारतका प्राविधिकलाई दिए श्रेय
काठमाडौं । फिल्म स्टार शाहरुख खानले आफ्नो नयाँ फिल्म ‘ जवान ’ को सफलतापछि शुक्रबार आफ्ना फ्यान र मिडियासँग कुराकानी गरेका छन् ।
मुम्बईको यशराज स्टुडियोमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो फिल्मको लामो र कठिन निर्माण प्रक्रियाबारे जानकारी दिए ।
समाचार एजेन्सी पीटीआईका अनुसार शाहरुख खानले भने, ‘यो विरलै हुन्छ कि हामी फिल्मसँग वर्षौंसम्म बाँचिरहेका छौं। ‘जवान’ चार वर्षदेखि निर्माणमा थियो । पक्कै पनि यो कोरोना र समयको अभावले भएको हो ।’
यस चलचित्रको सफलताको श्रेय प्राविधिकहरुलाई दिँदै उनले भने, ‘यो चलचित्रको वास्तविक नायक र नायिका भनेका प्राविधिक नै हुन्, जसले चार वर्षसम्म निर्माण गरेका थिए ।’
उनका अनुसार, ‘यस फिल्ममा धेरै मानिसहरु संलग्न छन्, खासगरी दक्षिण भारतबाट आएर मुम्बईमा बसोबास गर्ने मानिसहरु । उनीहरू पछिल्लो चार वर्षदेखि मुम्बईमा बस्थे र यस फिल्मका लागि दिनरात काम गरे।’
‘जवान’ गत साता रिलिज भएको थियो । निर्माताका अनुसार यसले अहिलेसम्म विश्वभर ७ सय करोडभन्दा बढी कमाइसकेको छ ।
Facebook Comment