चितवनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु

डिसी नेपाल
३१ भदौ २०८० ८:३४

चितवन। चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका-५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन्।

शनिवार साँझ महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनले महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *