६० किलाे सुन तस्करी प्रकरण : जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ताको तयारी

सुन प्रकरणमा जाेडिएका राजनीतिक व्यक्तिलाई उन्मुक्ति !

डिसी नेपाल
३१ भदौ २०८० १०:५५

काठमाडौं। राजश्व अनुसन्धान विभागले गत साउन २ गते बरामद गरेको करिब ६०.७१६ किलो सुन तस्करी प्रकरणको मुद्दा सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता तयारी गरेको छ।

सरकारी वकिल कार्यालयले आजै दिउँसो मुद्दा लैजाने तयारी गरेको कार्यालयका प्रमुख अच्यूतमणि न्यौपाने जानकारी दिए।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उक्त प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको ४ दिनपछि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता भएको हो।

सीआईबीले पक्राउ परेका २५ र फरार ४ गरी २९ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको थियो तर सरकारी वकिल कार्यालयले प्रहरीको संख्यालाई तलमाथि गर्ने संभावना रहेको छ।

उक्त काण्डमा ८ चिनियाँसहित ३२ जना हिरासतमा छन् भने तीमध्ये ७ जनालाई मुद्दा नचलाउन सीआईबीले नै राय दिएको छ।

प्रहरीले सोधपुछका लागि कृष्णबहादुर महरा, वर्षमान पुन, दीपेश पुन, प्रनिश पुन, अमला रोका, बिन्दु मगरलगायत २५ जनाको सूची बनाएको भएपनि पनि दीपेश पुनलाई मात्रै बोलाएर सोधपुछ गरेको थियो। पुनको मोबाइल भने अझै प्रहरीले फिर्ता गरेको छैन। राहुल महरालाई थुनामै राखेर अनुसन्धान गरिरहेको छ। उनको मुद्दा सरकारी वकिल कार्यालयमा पठाएको छैन।

बरामद ६०.७१६ किलो सुन प्रकरणमा नेपालतर्फका मुख्य व्यवस्थापक दाओजिन वाङ र चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङलाई मुख्य प्रतिवादी बनाएको सिआइबीले उनीहरूसँग जोडिएका राजनीतिक व्यक्तिहरूलाई भने प्रतिवेदनमा केही पनि उल्लेख नगरी बुझाएको थियो।

सरकारी वकिल कार्यालयले पनि उनीहरुको सम्बन्धमा केही पनि नबोली मुद्धा दायर गर्न लागेको छ।

दाओजिन वाङ र दावा छिरिङको सम्पर्क माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव वर्षमान पुन र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनसँग देखिएको भएपनि उनीहरुको सवालमा सिआइबीले केही पनि खुलाएको छैन।

दावा छिरिङले ठमेलमा सञ्चालन गर्दै आएको होटल भियना र उनको कम्पनीमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका भाइ प्रनिश पुन साझेदार देखिएका थिए।

छिरिङले नेपालमा सुन उत्खनन गर्न खोलेको एक कम्पनीमा अमला रोका, मञ्जिल श्रेष्ठ, चिनियाँ नागरिक जिलियाङ, चेन काइमु, गुआङपेङग जोङ र प्रनिश पुन साझेदार छन्।

प्रहरीले सोधपुछका लागि कृष्णबहादुर महरा, वर्षमान पुन, दीपेश पुन, प्रनिश पुन, अमला रोका, बिन्दु मगरलगायत २५ जनाको सूची बनाएको भएपनि पनि दीपेश पुनलाई मात्रै बोलाएर सोधपुछ गरेको थियो।

पुनको मोबाइल भने अझै प्रहरीले फिर्ता गरेको छैन। राहुल महरालाई थुनामै राखेर अनुसन्धान गरिरहेको छ। उनको मुद्दा सरकारी वकिल कार्यालयमा पठाएको छैन।

सिआइबीले अनुसन्धानका क्रममा सुन तस्करीका लागि सातवटा कम्पनी खडा गरिएको उल्लेख छ। ती कम्पनीमा लेखनाथ कार्की डोली सञ्चालक रहेको चुंगक इलेक्ट्रिक सप्लायर्स काठमाडौं, रामकुमार भुजेल सञ्चालक रहेको भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालि, कुमारबहादुर भुजेल सञ्चालक रहेको हवडा इलेक्ट्रिक सप्लायर्स प्रालि छन्।

यसैगरी रामबहादुर भुजेल सञ्चालक रहेको पवाटी इलेक्ट्रिक सप्लायर्स प्रालि, बिकुन्द्र भुजेल सञ्चालक रहेको दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालि, दिलीप भुजेल सञ्चालक रहेको रेडी ट्रेड प्रालि र सरिता तामाङ सञ्चालक रहेको सरिता सप्लायर्स छन्।

यी कम्पनीहरूमार्फत सुन तस्करी भएको सिआइबीको प्रतिवेदनमा उल्लेख छ। यसैगरी सुन तस्करहरूले हङकङबाट त्रिभुवन विमानस्थल हुँदै नेपाल भित्र्याएको सुन काठमाडौंका दुई स्थानमा गोप्य रूपमा गाल्दै आइएको थियो। यसका लागि १० थान सुन पगाल्ने मेसिन प्रयोग भएको सिआइबीको प्रतिवेदनमा उल्लेख गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *