लागूऔषध तस्करी गर्ने प्रमुख देशको सूचीमा भारतको नाम पनि समावेश

डिसी नेपाल
३१ भदौ २०८० १३:४५

काठमाडौं । अमेरिकाले प्रमुख लागूऔषध तस्करी र अवैध लागूऔषध उत्पादन गर्ने देशको सूची सार्वजनिक गरेको छ । यो सूचीमा भारतको नाम पनि परेको छ । यो सूची अमेरिकाले शुक्रबार सार्वजनिक गरेको हो । सूचीमा कुल २३ देश समावेश छन्।

भारत बाहेक अफगानिस्तान, बहामास, बेलीज, बोलिभिया, म्यानमार, चीन, कोलम्बिया, कोस्टारिका, डोमिनिकन रिपब्लिक, इक्वेडर, एल साल्भाडोर, ग्वाटेमाला, हाइटी, होन्डुरस, जमैका, लाओस, मेक्सिको, निकारागुआ, पनामा, पेरु, भेनेजुएला र पाकिस्तान पनि समावेश छन् ।

तर, यो सूचीमा कुनै पनि देशको नाम आउनुको अर्थ त्यहाँको सरकारले लागुऔषध कारोबार रोक्नको लागि कदम चालेको छैन वा यस विषयमा अमेरिकी सरकारलाई सहयोग गरेको छैन भन्ने नभएको पनि विज्ञप्तिमा भनिएको छ ।

उक्त सूचीमा देशको नाम समावेश भएको सम्बन्धमा विज्ञप्तिमा भनिएको छ, ‘सरकारले लागुऔषध कारोबार रोक्न कडा कदम चाल्दै आए पनि भौगोलिक, व्यावसायिक र आर्थिक कारणले यी देशबाट लागुऔषध कारोबार हुने गरेको छ वा मानिसहरू यसको उत्पादनमा संलग्न भएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘कानूनमा लागुऔषधको मुख्य श्रोतमा अवैध रूपमा लागूऔषध बनाउनका लागि प्रयोग हुने रसायन उत्पादन गर्ने देशलाई पनि समावेश गरिएको छ । यस्ता केमिकलबाट बनेको मादक पदार्थले अमेरिकालाई पनि असर गरिरहेको छ ।’

कानुनमा भएको यो परिवर्तनपछि चीनलाई लागूऔषधको मुख्य स्रोतको रूपमा पहिचान गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *