लेखा समितिले महालेखाको प्रतिवेदनमा उल्लेख बेरुजुबारे अध्ययन गर्ने

डिसी नेपाल
३१ भदौ २०८० १४:२७

काठमाडाैं। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले महालेखाको प्रतिवेदनमा उल्लेख बेरुजुबारे अध्ययन गर्ने भएको छ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले महालेखाको ४४ देखि ६० औं प्रतिवेदनसम्म अध्ययन हुन नसकेको भन्दै बिभिन्न उपसमिति बनाएर अध्ययन गर्ने निर्णय गरेको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए।

२१ वटा मन्त्रालय र २० वटा संवैधनिक आयोगको बेरुजु अध्ययन गर्न समितिले बिभिन्न ९ वटा कलष्टर छुट्टाएर उपसमिति बनाएको छ।

बेरुजु सम्परीक्षण उपसमितिले गम्भीर प्रकृति, सामान्य प्रकृति लगाएतका बेरुजु छुट्टाएर थप अध्ययन गर्ने सभापति पोखरेलले बताए। हरेक बर्ष बेरुजु बढ्दै गएको अवस्थामा यसको कारणका बारेमा पनि अध्ययन गरिने समितिले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *