सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
काठमाडौं। चिकित्सकहरुले देशभरका स्वास्थ्य संस्थाहरुमा सुरु गरेको आन्दोलन फिर्ता लिएका छन्। आइतबार सरकारसँग भएको ६ बुँदे सहमति पछि सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको चिकित्सक संघले जनाएको छ ।
सरकारले स्वास्थ्य मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा गठित गृह र कानून मन्त्रालयका प्रतिनिधिसहितको वार्ता टोली र नेपाल चिकित्सक संघबीच दोषीलाई कारबाही गर्ने सहमति भएपछि चिकित्सहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन्।
सरकारसँगको सहमति पछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको चिकित्सक संघका अध्यक्ष डा. अनिलबिक्रम कार्की र महासचिव डा.सञ्जिब तिवारीले संयुक्त रुपमा जारी गरेकाे विज्ञप्तिमार्फत जनाइएको छ ।
हेटौंडामा भदौ २७ गते सञ्चो अस्पतालमा कार्यरत चिकित्सक डा.विकास थापा र डा.प्रशान्त विडारीमाथि कार्यस्थलमै भएको आक्रमणको विरोधस्वरुप देशभरका चिकित्सकहरु आन्दोलित भएका थिए । उनीहरुले आइतबार आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका थिए ।
Facebook Comment