कमेडियन तथा हलिउड अभिनेता रसेल ब्रान्डमाथि बलात्कार, यौन उत्पीडन र भावनात्मक दुर्व्यवहारको आरोप
काठमाडौं । चर्चित कमेडियन तथा हलिउड अभिनेता रसेल ब्राण्डमाथि बलात्कार, यौन उत्पीडन र भावनात्मक दुर्व्यवहारको आरोप लागेको छ ।
चारजना महिलाले सन् २००६ देखि २०१३ सम्म रसेलले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएका छन् । यस समयमा रसेल आफ्नो प्रसिद्धिको शिखरमा थिए।
सन्डे टाइम्स, द टाइम्स र च्यानल ४ को संयुक्त अनुसन्धानमा रसेल ब्रान्डविरुद्धका यी आरोपहरूबारे जानकारी आएको हो।
रसेल ब्रान्डले यी आरोपहरूको खण्डन गर्दै आफूले सधैं अर्को व्यक्तिको सहमतिपछि मात्र सम्बन्ध राखेको बताए ।
एक महिलाले ब्रान्डले लस एन्जलसको आफ्नो घरमा बलात्कार गरेको आरोप लगाएकी छिन् । उनको त्यही दिन रेप क्राइसिस सेन्टरमा उपचार गरिएको थियो। टाइम्सले यो दाबी पुष्टि गर्न मेडिकल रेकर्ड पनि प्रकाशित गरेको छ।
अर्की महिलाले आरोप लगाएअनुसार ब्रान्डले उनी ३० वर्षको हुँदा र उनी १६ वर्षकी र स्कुलमा हुँदा यौन दुर्व्यवहार गरेका थिए।
तेस्रो महिलाले ब्रान्डले लस एन्जलसमा उनीसँग काम गर्दा यौन उत्पीडन गरेको र अरू कसैलाई बताएमा कानुनी कारबाही गर्ने धम्की दिएको आरोप लगाएकी छिन् ।
चौथो महिलाले ब्रान्डलाई यौन उत्पीडन, शारीरिक र भावनात्मक रूपमा दुर्व्यवहार गरेको आरोप लगाइन्। ब्रान्डले यी आरोपहरूलाई आफ्नै विरुद्धको षड्यन्त्र भनेका छन्। उनले एक भिडियो सार्वजनिक गर्दै आफूमाथि लागेका सबै आरोप अस्वीकार गरेका छन् ।
Facebook Comment