रविन्द्रनाथ टेगोरको विद्यालय शान्तिनिकेतन विश्व सम्पदा सूचीमा समावेश

काठमाडौं । पश्चिम बंगालको वीरभूम जिल्लामा अवस्थित शान्तिनिकेतनलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गरिएको छ ।
शान्तिनिकेतनमा रवीन्द्रनाथ टैगोरले एक शताब्दीअघि विश्व भारतीको स्थापना गरेका थिए। विश्व भारती अहिले विश्वविद्यालय हो । युनेस्कोले आइतबार सोसल मिडिया प्लेटफर्म एक्समा एक पोस्ट मार्फत यो घोषणा गरेको हो।
युनेस्कोले भन्यो, “शान्तनिकेतन युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश भएको छ, भारतलाई बधाई छ।”
पश्चिम बंगालको वीरभूम जिल्लामा अवस्थित यस सांस्कृतिक स्थललाई युनेस्कोको सम्पदा सूचीमा समावेश गर्न भारतले लामो समयदेखि प्रयास गरिरहेको थियो ।
साउदी अरबमा चलिरहेको विश्व सम्पदा समितिको ४५औँ बैठकले शान्तिनिकेतनलाई यो सूचीमा समावेश गर्ने निर्णय गरेको हो । यो सत्र १० देखि २५ सेप्टेम्बर सम्म चल्नेछ।
शान्तिनिकेतनको स्थापना सन् १९०१ मा रवीन्द्रनाथ टैगोरले गरेका थिए। शान्तिनिकेतन एक आवासीय विद्यालय र पुरातन भारतीय परम्पराहरूमा आधारित कला केन्द्र हो।
सन् १९२१ मा शान्तिनिकेतनमा विश्व विश्वविद्यालय स्थापना भयो, जसको नाम पछि ‘विश्व भारती’ राखियो। विश्व भारती बंगालको एक मात्र केन्द्रीय विश्वविद्यालय हो जसको कुलपति प्रधानमन्त्री हुन्।
Facebook Comment