मिस युनिभर्स प्रतियोगितालाई लिएर पाकिस्तानमा विवाद चर्कियो

काठमाडौं । पाकिस्तानमा मिस युनिभर्स प्रतियोगितालाई लिएर चलिरहेको विवाद बढ्दै गएको छ । वास्तवमा पाकिस्तानको इतिहासमा मिस युनिभर्स प्रतियोगितामा पाकिस्तानी महिलाले भाग लिने यो पहिलो पटक हो । तर पाकिस्तानको कार्यवाहक सरकार र त्यहाँका कट्टरपन्थी जनता यसप्रति आक्रोशित छन् ।
पाकिस्तानी समाचार वेबसाइट डेली जंग र द न्युजका अनुसार मिस युनिभर्स प्रतियोगितामा पाकिस्तानको प्रतिनिधित्व गर्न पाकिस्तानका पाँच महिला छनोट भएका छन् । विश्वको सबैभन्दा धेरै हेरिएको सौन्दर्य प्रतियोगितामा पाकिस्तानबाट कुनै प्रतिनिधित्व हुने पाकिस्तानको इतिहासमा यो पहिलो पटक हो।
तर, यो खबर बाहिरिएपछि पाकिस्तानको कार्यवाहक सरकार र त्यहाँका कट्टरपन्थी जनता आक्रोशित भएका छन् । मिस युनिभर्स प्रतियोगितामा पाकिस्तानी महिला सहभागी भएको खबरले सरकार यति स्तब्ध भएको छ कि पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवर उल हक कक्कडले त्यहाँको कम्पनीको बारेमा युएई सरकारसँग कुरा गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरेका छन् । पाकिस्तान सरकारको स्वीकृति बिना कसैलाई पाकिस्तानको प्रतिनिधित्व गर्न चुनिएको भन्दै सरकार आक्रोशित छ ।
पाकिस्तानी समाचार वेबसाइटका अनुसार मिस युनिभर्समा पाकिस्तानको प्रतिनिधित्व गर्ने युवतीमा कराँचीकी २४ वर्षीया एरिका रबिन, लाहोरकी २४ वर्षीया हिरा इनाम, रावलपिण्डीकी २८ वर्षीया जेसिका विल्सन, १९ वर्षीया अमेरिकी मूलकी पाकिस्तानी मलिका अल्वी र पञ्जाब प्रान्तकी २६ वर्षीया सबरीना वसीम छन् ।
रिपोर्टका अनुसार मिस युनिभर्सका लागि छनोट हुनका लागि आयोजना गरिएको प्रतियोगितामा २०० भन्दा बढी पाकिस्तानी युवतीले भाग लिएका थिए । जसमध्ये पाँच जना छनोट भएका छन् । पाकिस्तानकी एरिका रोबिन पहिलो भइन् । जसपछि कराचीकी निवासी एरिका रोबिनलाई माल्दिभ्सको एक रिसोर्टमा ताज पहिराइयो, त्यसपछि यो विवाद सुरु भयो ।
Facebook Comment