अमृता शेरगिलको पेन्टिङ १ अर्ब रूपैयाँमा बिक्यो

डिसी नेपाल
२ असोज २०८० १६:२३

काठमाडौं । भारतीय मूलकी प्रसिद्ध चित्रकार अमृता शेरगिलको पेन्टिङ ‘द स्टोरी टेलर’ले ६२ करोड भारु (करिब १ अर्ब नेपाली रूपैयाँ) मा बिक्री भएपछि नयाँ विश्व कीर्तिमान बनाएको छ ।

यो भारतमा कुनै पनि चित्रकारको कामको लागि प्राप्त सबैभन्दा उच्च मूल्य हो। शनिबारको यो पेन्टिङले सय्यद हैदर रजाको ५१.७५ करोड भारुको ‘जेस्टेसन’को रेकर्ड तोडेको छ ।

सन् १९३७ मा बनेको यो तैल चित्रले अमृता शेरगिललाई नयाँ दिल्लीको द ओबेरोय होटलमा भएको लिलामीमा फेरि चर्चामा ल्याएको छ ।

अमृता शेरगिल हंगेरीमा जन्मिएकी थिइन् र त्यही देशकी नागरिक थिइन् । यद्यपि उनको बाल्यकालको अधिकांश समय भारतमा बित्यो ।

कलाप्रतिको उनको झुकाव देखेर उनका अभिभावकले उनलाई पेरिस लगेका थिए ताकि उनले त्यहाँ चित्रकलाको औपचारिक शिक्षा लिन सकून् । पेरिस पुग्दा अमृता १६ वर्षकी मात्र थिइन् ।

उनले अर्को पाँच वर्ष पेरिसमा बिताइन्। त्यसबेला भिन्सेन्ट भान गग र पल गग उनका मनपर्ने चित्रकार थिए। पेरिसमा राखिएको मोनालिसाको पेन्टिङले उनलाई निकै प्रभावित गरेको थियो ।

विवाहपछि उनी श्रीमानसँग भारतमा बस्न थालेकी थिइन् । उनको २८ वर्षको उमेरमा लाहोरमा निधन भएको थियो ।

शेर गिललाई २० औं शताब्दीका प्रमुख परम्परा तोड्ने चित्रकारहरू मध्ये एक मानिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *