क्यानडामा कसरी भयो खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्या ?
काठमाडौं । खालिस्तान समर्थक नेता हरदीप सिंह निज्जरको १८ जुनमा क्यानडामा हत्या भएको थियो । यो हत्या ब्रिटिस कोलम्बियाको सरेमा भएको हो ।
जुन १८ को साँझ क्यानाडाली प्रहरीले उनको शव फेला पार्यो, जसमा धेरै गोलीका घाउहरू थिए। स्थानीय प्रहरीले त्यसपछि मास्क लगाएका दुई व्यक्तिले उनको हत्या गरेको बताएको थियो।
उनको उमेर ४५ वर्ष थियो । उनी सरेको गुरु नानक सिख गुरुद्वाराका अध्यक्ष थिए र सार्वजनिक रूपमा खालिस्तानको निर्माणको लागि अभियान गरिरहेका थिए।
उनी सन् १९९७ मा पञ्जाबबाट क्यानडा गएका थिए । सुरुमा उनले त्यहाँ प्लम्बरको रूपमा काम गरे र पछि उनी ब्रिटिश कोलम्बियामा सिख नेता बने।
खालिस्तान टाइगर फोर्ससँग उनको कथित सम्बन्धको कारण भारतले उनलाई २०२० मा आतंकवादी घोषणा गरेको थियो। यो एउटा समूह हो जसले खालिस्तान देशको माग गर्दै अभियान चलाइरहेको छ।
Facebook Comment