टर्कीका राष्ट्रपतिले संयुक्त राष्ट्रसंघको महासभामा कश्मीरको मुद्दा उठाए

डिसी नेपाल
३ असोज २०८० १२:४७

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले संयुक्त राष्ट्रसंघको महासभामा कश्मीरको मुद्दा उठाएका छन् ।

संयुक्त राष्ट्र संघको ७८ औँ महासभामा विश्वभरका नेताहरूलाई सम्बोधन गर्दै एर्दोगानले भने, “दक्षिण एसियामा क्षेत्रीय शान्ति, स्थिरता र समृद्धि ल्याउन कश्मीरमा शान्ति स्थापना गर्नुपर्छ। यो शान्ति भारत र पाकिस्तान बीचको वार्ता र सहयोगबाट मात्र स्थापित हुनेछ।

“यस दिशामा लिइएका कदमहरूलाई टर्कीले समर्थन गरिरहनेछ।”

गत वर्ष पनि एर्दोगानले संयुक्त राष्ट्र संघको महासभामा यस्तै अभिव्यक्ति दिएका थिए ।

उनले स्वतन्त्रताको ७५ वर्ष बितिसक्दा पनि भारत र पाकिस्तानबीच शान्ति र सहयोग कायम हुन नसकेको बताए । उनले भने – हामी कश्मीरमा स्थायी शान्ति र समृद्धि चाहन्छौं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *