भर्जिनियामा हुने दशैँ तिहार महोत्सव २०२३ मा प्रथम भाग्यशाली चिट्ठा बिजेताले नेपालको लागि राउन्ड ट्रिप पुरस्कार पाउने

डिसी नेपाल
३ असोज २०८० १४:३२

काठमाडौं । अमेरिकाको भर्जिनियामा हुने दशैँ तिहार महोत्सव २०२३ मा प्रथम भाग्यशाली चिट्ठा बिजेताले नेपालको लागि राउन्ड ट्रिप पुरस्कार पाउने भएका छन् । थ्री इ इन्टरटेनमेन्टको व्यवस्थापनमा आयोजना हुने यो महोत्सव १४ अक्टोबरमा हुँदैछ ।

अमेरिकाको भर्जिनियाको मनासास्थित प्रिन्स विलियम काउन्टी फेयरग्राउण्डसमा हुने कार्यक्रम १४ अक्टोबरमा स्थानीय समयअनुसार बेलुकी ६ बजेपछि सुरु हुनेछ । महोत्सवमा भव्य कन्सर्ट पनि हुनेछ जसमा गायक तथा संगीतकार काली प्रसाद बास्कोटा, फिरोज स्याङ्देन र ब्याण्ड, परिजिता बास्तोला, प्रकृति र मोक्ष मन्त्रको प्रस्तुती रहनेछ ।

भाग्यशाली चिट्ठाको मूल्य ५ डलर राखिएको छ । यसका १ जना विजेताले नेपालको लागि राउण्ड ट्रिप पुरस्कार पाउनेछन् । यस्तै दोस्रो विजेताले ४५० डलर मूल्य बराबरको युनाइटेड एयरलाइन्सको डोमेस्टिक टिकट पाउनेछन् । तेस्रो पुरस्कार विजेताले ६५ इन्चको फ्ल्याट स्क्रिन टिभी जित्नेछन् ।

टिकट खरिद गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

यी पुरस्कारबाहेक अरु पुरस्कार पनि थप गर्ने तयारी भइरहेको र अरू पुरस्कार पनि छिटै घोषणा गरिने आयोजकले जनाएका छन् । यो चिट्ठाबाट संकलित रकम गैर नाफामूलक परोपकारी संस्थाको लागि सहयोग गरिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *