नागोर्नो-काराबाखमा युद्धविराम घोषणा, ३२ जनाको मृत्यु भएको पुष्टि
काठमाडौं । अजरबैजानको सेनाले नागोर्नो-काराबाख क्षेत्रमा आक्रामक कारबाही सुरु गरेको २४ घण्टाभित्रै आर्मेनियाली जातीय लडाकुहरूको सेना युद्धविराम गर्न सहमत भएको छ। उनीहरूले रुसले तोकेका शर्तहरु स्वीकार गरेका छन् ।
एक दिन अघि अजरबैजानले यहाँ आक्रमण गरेको थियो, जसलाई उनीहरूले ‘आतंकवाद विरोधी अभियान’ भनेका छन्।
नागोर्नो-काराबाखका अधिकारीहरूले पछिल्लो द्वन्द्वमा ३२ जनाको मृत्यु भएको बताएका छन्। युद्धविराममा स्थानीय सेनाबाट हतियारहरू पूर्ण रूपमा हटाउने र आर्मेनियाली सुरक्षा बलहरूको फिर्ती समावेश छ।
नागोर्नो-काराबाख क्षेत्रका अधिकारीहरूले आफूहरू संख्या र हतियारमा उच्च भएकाले ‘आफ्ना शत्रुको हातबाट’ घाटा बेहोरेको बताउँछन्। यस क्षेत्रमा केही महिनादेखि तनाव जारी छ ।
नागोर्नो-काराबाखको अधिकांश जनसङ्ख्या आर्मेनियाली मूलका छन्, तर अन्तर्राष्ट्रिय विश्वले यस क्षेत्रलाई अजरबैजानको भागको रूपमा मान्यता दिन्छ।
यी दुवै देश दक्षिण काकेशस क्षेत्रमा अवस्थित छन्, जुन पूर्वी युरोप र एशियाको पहाडी क्षेत्र हो। यसको एकातर्फ काला सागर र अर्कोतर्फ क्यास्पियन सागर छ ।
अजरबैजान र आर्मेनियाबीच तीन वर्षअघि लामो द्वन्द्व चलेको थियो।
Facebook Comment