प्रहरीसहित राजस्व टाेलीले छापा मारे पछि सिरहाका व्यावसायी आतंकित

डिसी नेपाल
५ असोज २०८० ७:१०

सिरहा। सिरहाको मिर्चैयामा राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले एक कपडा पसलसहितको घरमा छापा मारेको छ।

विशेष सूचनाको आधारमा आएको राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले पसलसहितको घरमा छापा मार्ने क्रममा घरको चारैतिरबाट सशस्त्र प्रहरीले घेरेर बसेपछि स्थानीय व्यवसायी आतंकित बनेको छन्।

बुधबार करिव ३ बजेको समयमा राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख कार्यालय प्रमुख सुरेश अाचार्ययको नेतृत्वमा आएको हतियार सहितको सशस्त्र प्रहरीले २० घण्टाभन्दा लामो समयदेखि मिर्चैया नगरपालिका ५ संस्था चौकमा रहेको कल्याण ट्रडेर्सको पसलसहतिको घरमा चारैतिरवाट घेरा हाले पछि स्थानीय व्यावसायी आतंकित बनेका हुन्।

टोलीले पसल, गोदाम र घर खानलासी गरिसकेर पनि हतियारसहितका प्रहरीले घर घेरेर बस्दा आफूहरु रातभरी सुत्न नसकेको व्यासायी बताउँछन्। उनीहरुले अनुसन्धान टोलिले पसल, गोदाम, घरका प्रत्येक दराजदेखि बच्चाहरुको झोलासमेत खोलेर हेरेका थिए। रातभर हतियारधारी प्रहरीको घेराबन्दिमा बस्नुपर्दा निकै नै तनाब भएको उनीहरूकाे कुराे छ।

स्थानीय व्यसायी तथा समाजसेवी अशोक साहले व्यवसायमा तलमाथि भएको भए आवश्यक कारबाही गर्दा हुन्छ तर पसलमा बम, बारुद राखेको जस्तो प्रहरीले घेरा हालेर बस्दा व्यासायीहरुमा थप मानसिक तनाव भएको बताए।

उनले भने, ‘यो पसल यहाँका हाेलसेल व्यासायी गर्छ।’ साे सक्षेत्रका व्यसायीहरुलाई कपडा आपूर्ति गर्ने पसलमा प्रहरी लगाएर राजश्वले अनुसन्धान र खानतलासी गरे पछि सिरहाका ब्यावसायी अातंकित बनेकाे उनकाे भनाइ छ।

व्यासायी साहले भने, ‘व्यसायीहरुले व्यापार गर्दा कुनै कसुर गरेको भए उनलाई दण्ड जरिवाना गर्दा हुन्छ तर व्यावसाय ठप्प भएर मानसिक तनाव खेपिरहेका व्यासायीलाई यो व्यवहारले थप पीडा दिएकाे छ।’

राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले गोदाममा खानतलासी गरी विल विजक,भन्सारका प्रज्ञा पत्र, खरिद बिक्री खाता लगायतका आवश्यक कागजात लिएर छापा मार्ने पसल तत्कालको लागि शिल गरिएको उद्याेग वाणिज्य संघ मिर्चैयाका महासचिव भरत महासेठले जनाए।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले राजस्व अनुसन्धान कार्यालय इटहरीले छापा मारेको र प्रहरीले निगरानी गरिरहेको विषयमा आफू जानकार भएपनि औपाचारिक जानकारी नभएको बताए।

यस सम्वन्धमा थप जानकारी लिन पुग्दा राजस्व अनुसन्धान कार्यालय इटरीबाट खटिएको टोलीले सम्पर्कमा आउन चाहेनन्। कार्यालयमा फोन सम्पर्क गर्दा कार्यालयको फोन समेत उठेन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *