भैरहवामा पट्टाभिषेक महोत्सव, हिन्दु धर्म संरक्षणमा एकजुट हुन आह्वान
भैरहवा । भैरहवामा आयोजित पट्टभिषेक समारोहमा हिन्दु धर्मका महात्मा सन्त महन्तहरुले वैदिक समानत हिन्दु धर्म संस्कृतिको संरक्षणमा एकजुट हुनुपर्ने बताएका छन्। उनीहरुले वैदिक सनातन हिन्दु धर्म संरक्षणमा एकजुट भएर लाग्नु पर्ने बताएका हुन्।
समारोहमा सारनाथपीठ बनारसका संरक्षक अनन्त विभुषित सत्यप्रकाशानन्द सरस्वती, नेपाल सन्त समाजका अध्यक्ष तथा हरिहर सन्यास आश्रम देवघाटका प्रमुख ज्ञानानन्द सरस्वतीले स्वामी शान्तानन्द सरस्वतीलाई पिठाधीश घोषणा गरेका थिए।
उनलाई पट्टाभिषेक र रुद्राभिषेकसहित १००८ स्वामी महाराजको पद्वीले विभुषित गर्दै भैरहवा संस्कृतिविद्याश्रमको प्रमुख घोषणा गर्दै पदासीन गराइएको थियो।
सो अवसरमा बोल्दै स्वामी ज्ञानानन्द सरस्वतीले राजनीतिक दलका कारण सनातन हिन्दु धर्म संकटमा परेकाले यसको रक्षार्थ एकजुट हुनु पर्ने आवश्यकता औंल्याए।
विगतमा नेपाललाई दलहरुले धर्म निरपेक्ष राज्य घोषणा गरेर धोका दिएको उल्लेख गर्दै उनले उनले हिन्दुत्व भनेको धर्ममात्र भनइ सत्कर्म र श्रद्धा पनि भएको बताए।
कार्यक्रममा सत्यप्रकाशानन्द सरस्वतीले गुरुकुलको सवलीकरण सुधारमा ध्यान दिनुपर्ने औंल्याउँदै गुरुकुलहरु दयनीय बन्दै गएकोमा चिन्त व्यक्त गरे।
कार्यक्रममा बुढानिलकण्ठ मन्दिरका पीठाधीश्वर १००८ स्वामी निगमानन्दले वैदिक सनातन हिन्दु धर्मको संरक्षणका सम्पूर्ण सनातनीहरु जाग्नु पर्ने बेला भएको बताए।
Facebook Comment