पाकिस्तानमा जनवरीको अन्तिम साता आम निर्वाचन हुने

डिसी नेपाल
६ असोज २०८० १०:५४

काठमाडौं । पाकिस्तानको निर्वाचन आयोगले जनवरी २०२४ को अन्तिम साता देशमा आम चुनाव हुने घोषणा गरेको छ।

निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै निर्वाचन क्षेत्र निर्धारणको कामको समीक्षा भइसकेको र सेप्टेम्बर २७ मा निर्वाचन क्षेत्रको प्रारम्भिक नामावली प्रकाशन गर्ने जनाएको छ ।

आयोगले त्यसपछि दलहरूले आफ्ना आपत्तिहरू दर्ता गर्न सक्षम हुने र त्यसपछि आयोगले उनीहरूको सुझाव र आपत्तिमा काम गर्ने बताएको छ। यसपछि मंसिर ३० गते अन्तिम नामावली प्रकाशित हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *